भारत भ्रमण र फास्टट्रयाक

नयाँ सरकार गठन सँगै प्रधानमन्त्री पुष्प कलम दाहाल प्रचण्ड भारतको राजकीय भ्रमणको तयारीमा रहेका छन् । प्रचण्डको भारत भ्रमणसँगै नेपाली राजनीतिमा विभिन्न चर्चा र परिचर्चाहरु सुरु भएका छन् । यस अघिका सवै प्रधानमन्त्रीहरु भारत जाँदा पनि विभिन्न दृष्टिकोणहरुबाट चर्चा र परिचर्चाहरु हुने गरेको भएपनि यस अघि आफै सरकारमा समावेस भएको प्रचण्ड सरकारले गरेको फास्टट्रयाकको चर्चा यसपालीको भ्रमणमा अलि धेरै गरिएको छ ।
फास्टट्रयाकको चर्चाका बारेमा सत्ता बाहिर रहेको एमाले लगायत नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले समेत नेपालले आफै बनाउने कुरालाई जोड दिन विभिन्न संचार संस्थाहरुमा आएका समाचारहरुले जनाएका छन् । एमालेले बिज्ञप्ति नै जारी गरेर प्रत्यक्ष भेटघाटकै क्रममा प्रधानमन्त्रीलाई सचेत गराएको छ । बहुचर्चित काठमाडौं–निजगढ फास्टट्रयाक भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैँले बनाउनुपर्ने सुझावलाई प्रधानमन्त्रीको भ्रमणले कस्तो रुप दिने हो त्यो भने हेर्न बाँकी रहेको छ । यो सँगै अन्य विभिन्न सन्धि र सम्झौताहरुको बारेमा प्रचण्डले नेपाल सरकारको तर्फबाट खेल्ने भूमिकाहरुको बारेमा समेत विभिन्न संघ संस्थाहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।
परिवेशमा गरिएको सन १९५० को सन्धि तथा अन्य सन्धि–सम्झौताको पुनरावलोकन, नेपाल– भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी हटाउँदै नयाँ समझदारी कायम गर्न सकेको खण्डमा देश र जनताको हितमा काम हुने विभिन्न बिश्लेषण पनि गरिएका छन् । नेपालीहरुले आफै बनाउनु पर्ने चर्को दबाव आएका बेला प्रधानमन्त्रीको भारत भ्रमणले कस्तो सम्झौता गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार